आर्सनलले जित्यो एफए कपको उपाधि

काठमाडौं । आर्सनलले एफए कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा आर्सनलले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै एफए कपको उपाधि जितेको हो ।

आर्सनललाई उपाधि दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । चेल्सीका क्रिस्टियन पुलिसिचले एक गोल गरे । यससँगै आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको छ ।

आर्सनलपछि धेरै पटक एफए कप उपाधि जित्ने टिम म्यानचेस्टर युनाइटेड हो । युनाइटेडले १२ पटक जितेको छ भने चेल्सी र टोटनह्यामले ८-८ पटक जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *