मोटरसाईकल आपसमा ठोेक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । सर्लाहीको लालबन्दीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका १७ मा गएराती प्रदेश २ ०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा लालबन्दी नगरपालिका ५ का ५० वर्षीय ब्रह्मदेव चौधरी र रौतहटको इसनाथ नगरपालिका ७ का ५५ वर्षका नन्दकिशोर शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते छन् । दुर्घटनाका गम्भीर घाइते दुबैलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *