ओलीसँग कुरा गर्न दाहाल-खनाल बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ बालुवाटार पुगेका छन् ।

श्रोतका अनुसार दाहाल खनाल आइतबार (आज) बिहान बालुवाटार पुगेका हुन् । श्रोतले भनेको छ, ‘अहिले उहाँहरूबीच कुराकानी भइरहेको छ ।’

ओली, प्रचण्ड र झलनाथबीच गत मंगलबार बालुवाटारमै कुराकानी भएको थियो । उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरिदिएपछि प्रचण्ड र झलनाथ ओलीलाई बैठकमा सहभागी हुन अनुरोध गर्न गएका थिए ।

नेकपामा अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ती जनाउँदै उनको राजीनामा मागेको छ ।

जारी स्थायी कमिटी बैठक पनि उनले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग चर्को रूपमा उठेपछि बैठक अनिश्चित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *