कोरोनाबारे छलफल गर्न डब्ल्युएचओको आपतकालीन बैठक, के निकाल्यो निष्कर्ष ?

काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आपतकालीन कमिटीको बैठक सम्पन्न भएको छ ।

डब्ल्युएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । यसपछि विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आंकलन गर्न डब्ल्युएचओको आपतकालीन कमिटीको बैठक बसेको हो । बैठकपछि डब्ल्युएचओका प्रमुख (महानिर्देशक) डा टेड्रोस एडहानम गेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा रहेको बताएका छन् ।

बैठकले अहिले पनि यो विश्वव्यापी महामारी नै रहेको निष्कर्ष निकालेको छ । डब्ल्युएचओका प्रमुख डा टेड्रोसले भने, ‘धेरै देशमा कोरोना भाइरसको संक्रमण भयावह बनिरहेको छ । जहाँ संक्रमणको दोस्रो लहर देखिन थालेको छ । साताको शुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको छ ।’

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *