प्रकाश सपुतको मर्मस्पर्शी गीत ‘बदला बरिलै’ (भिडियोसहित)

काठमाडौं । गायक प्रकाश सपुतकाे मर्मस्पर्शी गीत ‘बदला बरिलै’ सार्वजनिक भएकाे छ । सुमधुर स्वरकी धनी गायिका देवी घर्तीको आवाज रहेकाे उक्त गीतमा प्रकाशकै शब्द तथा संगीत रहेको छ ।

यो गीतले समाजमा बढ्दो बलात्कारको घटनाविरुद्ध बोलेको छ । नायिका केकी अधिकारीले भिडियोमा सशक्त ढङगले प्रस्तुत गरेकी छिन्, जसमा ध्रुव कोइरालाको नेगिटिभ अभिनय रहेको छ । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।

अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ । गायक सपुतले नै निर्देशन गरेको सो भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *