निरूता भन्छिन्- ‘भूवन दाई रियल हिरो’

कठमाडौं । मुम्बईमा रहेकी नायिका निरुता सिंहले नायक भूवन केसी आफ्ना लागि रियल हिरो भएको बताएकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक स्टाटस लेख्दै उनले क्याप्टेन चलचित्रमा भुवनले गरेकाे सहयाेगले आफू झनै उनको फ्यान भएको उल्लेख गरेकी छिन् ।

‘म नयाँ कलाकारलाई भूवन केसीले जसरी सहयोग गर्नुभयो, त्यो देखेर म झनै उहाँको फ्यान भएँ । यसका लागि म आफैँलाई भाग्यमानी ठान्दछु । भूवन दाई हजुरले गर्नुभएको हर सहयोग अनि मायाका लागि मुरी मुरी धन्यवाद’, उनले लेखेकी छिन्- ‘हजुरको त्यो माया र सहयोग म मेरो जीवनको अन्तिम दिनसम्म पनि भुल्ने छैन । हजुर मेरो लागि रियल हिरो हो ।’

उनले दार्जिलिङ्गमा छँदाका दिनहरू पनि स्मरण गरेकी छिन् । त्यतिबेला नेपाली चलचित्रमा आफूले चिनेको नायक/नायिका भनेकै भुवन केसी र तृप्ति नाडकर रहेकाे पनि उनले बताएकी छिन् । ‘त्यो बेला मैले सपनामा पनि सोचेकी थिइनँ कि मेरो सपनाको महानायकसँग काम गर्ने मौका पाउँछु भनेर’, उनले लेखेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *