निरुताको आक्रोशः ‘मेरो सपनाको महानायक’ को मतलब नेपालीले नबुझेको हो ?

काठमाडौं । ‘भुवन केसी मेरो रियल हिरो हो’ भन्दै नायिका निरुता सिंहले एक दिनअघि इन्स्ट्राग्राममा पाेष्ट गरेकी थिइन् ।    हिजाेकाे उक्त पाेष्टमा धेरैले नराम्रा प्रतिक्रिया राखेपछि उनले आज थप स्पष्टिकरणसहित अर्काे स्टाटस लेखेकी छिन् ।

‘भुवनलाई सपनाको महानायक’ भन्दा आफूूलाई कति जनाले भुवनकाे चाकडी गरेकाे टिप्पणी गरेकाे भन्दै आजकाे पाेष्टमा उनले आक्राेश समेत पाेखेकी छिन् । उक्त स्टाटसको आशय राजेश हमाल महानायक होइन भन्ने नरहेकाे उनकाे भनाइ छ ।

‘मलाई अचम्म लागेको अनि मैले बूझ्न नसकेको कुरा- मैले कहाँ र कहिले यो लेखेको छु कि मेरो लागी महानायक राजेश हमाल हैन भुवन केसी हो भनेर ? मैले मेरो स्टाटसमा आजको कुरा लेखेको हैन, मैले त्यो बेलाको कुरा लेखेको हो जुन बेलामा राजेश दाईले पनि नेपाली चलचित्र जगतमा पाइला राख्नुभएकाे थिएन’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्- ‘मेरो लागी पनि महानायक राजेश हमाल हो । अनि म राजेश दाईलाई सम्मान गर्छु ।’

हेराैँ उनकाे स्टाटसः

मलाई अचम्म लागेको अनि मैले बूझ्न नसकेको कुरा –

नंः १- मैले कहा र कहिले यो लेखेको छु कि मेरो लागी महानायक राजेश हमाल हैन भुवन केसी हो भनेर ?

नंः २- मैले मेरो स्टाटसमा आज को कुरा लेखेको हैन, मैले त्यो बेलाको कुरा लेखेको हो जुन बेलामा राजेश दाईले पनि नेपाली चलचित्र जगतमा पाइला राखेको थिएन । जुन बेलामा मैले भुवन केसी को सिल्वर जुबली चलचित्र कुसूमे रुमाल, सम्झना, साईनो लगायत अन्य चलचित्रहरू हेरेको थिएँ ।

नंः ३- मैले त्यो बेलाको मेरो “सपनाको महानायक” भनेर सुद्ध नेपाली शब्दमा लेखेको थिए, “मेरो सपनाको महानायक” यो शब्द को मतलब हाम्रो नेपाली दाजु भाई अनि दीदी बहिनीहरूले नबुझे कै हो त ?

नंः ४ – अब कुरा गरौं महानायक को , मेरो लागी पनि महानायक राजेश हमाल हो । अनि म राजेश दाई लाई सम्मान गर्छु ।

न: ५- म नेपाली चलचित्र को एउटा कलाकार को नाताले के मलाई मेरो अग्रज दाई अनि दीदीहरू लाई सम्मान पूर्व उपाधि दिने अधिकार पनि छैन र ? मेरो लागि ति सबै अग्रज कलाकारहरू नै महानायक अनि महनायिका हुन जसके हाम्रो स्यानो नेपाली चलचित्र छेत्र लाई यहाँ सम्म पुराउनु को लागी आफ्नो कलाको योगदान दिनु भएको छ । त्यसैले मेरो लागी राजेश हमाल लगायत भुवन केसी, शिव श्रेस्ठ, हरिवंश आचार्य,मदन कृष्ण श्रेस्ठ, नीर शाह दाई आदि कलाकार हरू पनि महानायक नै हुन ।

त्यसरी नै हाम्रो पहिलो नायिका भुवन चंद दिज्ज्यु , बसुंधरा भुसाल दिज्ज्यु , करिश्मा मानन्धर, गौरी मल्ल,मिथिला शर्मा दीदी आदि कलाकारहरू पनि महनायिका हुन् । यदि म कसैलाई श्रद्धा गरेर महानायक,महानायिका,सूपरस्टार,मेघास्टार या कुनै पनि उपाधि दिउ,  त्यो मेरो नितांत निजी बिचार हो । त्यो मेरो विचार न त म कसैको माथि थोप्न सकछु न त कसैले मेरो त्यो श्रद्धालाई म बाट छिन्न सक्छ ? हामी सबै स्वतन्त्र छौँ आफ्नो विचार ,सोच अनि श्रद्धा दर्शावनको लागि ।

नंः ६- मलाई कति जनाले कमेंट्स लेख्नु भएको रहेछ कि मलाई अब फलो गर्दिन अनि मेरो फ़ैन फ़ालोइंग घटछ भनेर । अनि भुवन केसीले मलाई फ़िल्ममा काम दिनछ भनेर मैले भुवन केसी को चमचागिरी गरेको अरे । म वहाँहरूलाई भन्न चाहनछु कि म नेपाली चलचित्र देखी टाँडा रहेको धेरै वर्ष भई सक्यो । अनि मैले नेपाली चलचित्र मा काम गर्नको लागि आज आएर क़सैको चमचागिरी गर्नु ज़रूरी नै छैन । मैले मेरो नेपाली चलचित्र उद्धयोगलाई मेरो जीवनको अमुल्य २७ वर्ष को योगदान दिई सकेको छु । त्यसैले मलाई साचो मन ले माया गरेर मेरो भावनाको क़दर गर्ने मेरो समझदार ,माननीय, पूजनीय अनि ढोगनिय १ मात्र दर्शक,फ़ैन पनि काफ़ी छ मेरो लागि ।

नंः ७- मलाई आज सम्म माया अनि सम्मान दिनु हुने साथै मैले भन्न खोजेको कुराको सही मतलब बुझी दिनु हुने मेरो सम्पूण समझदार,माननीय,पूजनीय अनि ढोगनिय दर्शक,फ़ैन हरूमा म निरूता सिंह दुई हाथ जोड़ी हृदय देखी नै धन्यवाद टक्राउँदछु ।

नंः ८- अंतमा क़सैको स्टैट्स लाई राम्ररी नपड़ि,नबुझी त्यो स्टैट्स ले भन्नै नखोजेको कुराको जब्बरजस्ति ग़लत मतलब निकालेर यो नै भन्न खोजेको भनेर गाली गर्नु कुनै पनि हिसाबले उचित हो जस्तो मलाई लागदैन । भलै त्यो स्टैट्स मेरो कुनै दुश्मन कै किन नहोस् ।

नंः ९- आज सारा बिश्व कोरोना महामारीसँग लडिरहेकाे छ । भाेलि के हुनछ कसैलाई थाहा छैन तर यहाँ हामी भने महनायकको शीर्षकको लडाइँमा नै अल्झीरहेका छौँ । भगवान श्री पशुपतिनाथ ले हामी सम्पूर्ण नेपालिहरूलाई सतबुद्धि दिउन् । दुई दिनको यो छोटो जिन्दगीमा सबै मिली जुली रहने अनि एक अर्काको भावना को क़दर गर्ने बिचार सबैमा जगाई दिउन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *