गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण, अमिताभ बच्चन डिस्चार्ज

नयाँ दिल्ली । भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । गृहमन्त्री शाहले ट्वीटरमार्फत् यसबारे पुष्टि गरेका हुन् ।

उनका अनुसार उनी हाल चिकित्सकको सल्लाहबमोजिम अस्पताल भर्ना भएका छन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन् ।

यस्तै बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनका छोरा अभिषेक बच्चनले यसबारे पुष्टि गरेका हुन् । अभिषेकको भने रिपोर्ट पोजेटिभ नै छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *