आज साउन १९ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल साउन १९ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– पूर्णिमा,३७ घडी ४८ पला,बेलुकी ०८ बजेर ३६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– उत्तरषाढा,०५ घडी २६ पला,बिहान ०७ बजेर ३९ मिनेट उप्रान्त श्रवण । योग– प्रिती,०६ घडी ०५ पला,बिहान ०७ बजेर ५५ मिनेट उप्रान्त आयुष्मान । करण– भद्रा,बिहान ०८ बजेर ४० मिनेट उप्रान्त बव,बेलुकी ०८ बजेर ३६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ०५ बजेर २८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४९ मिनेट । दिनमान ३३ घडी २२ पला । पूर्णिमा व्रत। जनै पूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन। पशुपतिनाथ, कुम्भेश्वर, गोसाइँकुण्ड, दुधकुण्ड, धनुषसागर, त्रिवेणी आदि तीर्थहरूमा धार्मिक मेला। डडेलधुरामा भागेश्वर जाँत। मुक्तिनाथ यार्तोङ। मानस व्रत समाप्ति। संस्कृत दिवस।

आजको बार बेला ।
बिहान ५ बजेर २९ मिनेटसम्म अमृत बेला ।
बिहान ५ बजेर ३० मिनेटदेखी बिहान ७ बजेर ०९ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर १० मिनेटदेखी बिहान ८ बजेर ४९ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ५० मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०९ मिनेटसम्म उद्वेग बेला ।
मध्यान्ह १२ बजेर १० मिनेटदेखी दिउसो १ बजेर ४९ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ५० मिनेटदेखी दिउसो ३ बजेर २९ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ३० मिनेटदेखी साझ ५ बजेर ०९ मिनेटसम्म अमृत बेला ।
साझ ५ बजेर १० मिनेटदेखी बेलुकी ८ बजेर ०९ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ७ बजेर ०८ मिनेटदेखी बिहान ८ बजेर ४८ मिनेटसम्म रहने ।

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानी गरि आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुन पाउदा मन प्रशन्न हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रशासनिक तथा सरकारी क्षेत्रमा तपाईकै बर्चश्व कायम रहनेछ । धार्मिक अनुष्ठान तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा झुकाव बढ्ने हुनाले सकारात्मक नतिजा आउनेछ । बुद्धिको उपयोगले राम्रा काम गर्न सकिने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा एकअर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) एकल तथा साझेदारि व्यावसायबाट थोरै भएपनि नाँफा कमाउन सकिनेछ । साथिभाईहरु बीच मित्रताको बन्धन कसिलो भएर जानेछ भने माया प्रेम नजिक हुन सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई मिष्टान्न भोजनका साथ समय कटाउँन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थले साथ दिने हुँदा शाहसिलो काम गर्न आट आउनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाममुखी नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईँको काममा सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बौद्धिक प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउनेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । पढाइ लेखाइमा सोचेजस्तो प्रगति हुने तथा अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त,साथिभाई तथा आमाबाट छुट्टिएर यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ख्याल गर्नुहोला अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । अरुको भर पर्दा आफ्नो काम थाति रहन सक्छ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यापार व्यावसायमा लगानि गर्न पर्ख र हेरको रणनीति अपनाउनु होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धीहरुको मनोबल गिराउदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च मुल्याङन हुनेछ भने समानमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवन साथिको सहयोगले मन प्रफल्लित हुनेछ । अध्यनमा प्रगति हुने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ । कुटुम्वसँग मिलेर गरिने कुनै पनि काम फस्टाएर जानेछ । बहुमुल्य बस्तुहरु तथा धातुहरु जोड्ने समय रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायबाट आम्दान गर्न केहि समय पर्खनु पर्नेछ । माया प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि काम तथा अध्ययनको शिलशिलामा विदशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैत्रिक सम्पती तथा सरकारी धन हातलागि हुने योग रहेकोछ । आम्दानिका स्रोतहरु फराकिला हुनुको साथै आयस्रोतका नयाँ नयाँ बाटाहरु फेला पनर्पेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बिचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानि हुनेछ ।           तपाईँको दिन शुभ रहोस् ।

-ज्यो.डिपी उपाध्याय ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *