पर्सामा प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि

काठमाडौं । पर्सामा थप ७३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा १२ महिलासहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार आइतबार साँझ गरिएको परीक्षणमा ३८ र राति गरिएको परीक्षणमा ३५ जना गरी थप ७३ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरुमा वीरगन्जका एक पत्रकार, वडा प्रहरी कार्यालय श्रीपुरका ३ जना प्रहरीसमेत रहेका छन् ।

संक्रमितहरु १० वर्षदेखि ७७ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुमध्ये ६९ जना वीरगंज तथा पर्साका विभिन्न पालिकाका रहेका हुन् भने ३ जना बाराका र १ जना भारतको पूर्वी चम्पारण सेनवरीया ग्रामपञ्चायतका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *