ओली-प्रचण्डसहित चार नेताको छलफल बालुवाटारमा जारी, होला त सहमति ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शमौ ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । पार्टीमा देखिएको विवादको निकास दिनेबारे ओली प्रचण्डसहित चार नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको हो ।

छलफलमा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । जारी छलफल महिनादिन भन्दा बढी समयदेखि पार्टीभित्रको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बुझिएको छ । यी चार नेताबीच आइतबार पनि झन्डै तीन घन्टा बालुवाटारमा कुराकानी भएको थियो ।

आइतबारको छलफलमा पुरानै अडानमा रहेका प्रधानमन्त्री ओलीले महाधिवेशन गरेर पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव दोहोर्‍याएका थिए । अर्का अध्यक्ष दाहालले भने जारी स्थायी कमिटी बैठक टुंग्याउनुपर्ने र केन्द्रीय कमिटी बैठकको समेत माग भएकाले यसबारे पनि छलफल हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *