भारतमा बढ्दो कोरोना संक्रमणः एकैदिन ७७१ जनाको मृत्यु

नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ५० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ५२  हजार ९७२ संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ७७१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ हजार १३५ पुगेको छ भने कुल संक्रमित संख्या बढेर १८ लाख ३ हजारभन्दा बढी छ ।

संक्रमितमध्ये ११ लाख ८६ हजार जना निको भएका छन् । ६ लाख ७९ हजार बढी संक्रमित उपचाररत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *