ओली-प्रचण्डबीचको छलफल पुनः निष्कर्षबिहीन, दिनहुँ भेट प्रगति शून्य

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आजको छललफल पनि विनानिष्कर्ष टुङ्गिएको छ ।

सोमबार (आज) बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङसमेत सहभागी थिए ।

स्रोतका अनुसार दुवै नेता आ–आफ्नो अडानबाट पछि हटेका छैनन् । प्रधानमन्त्रीसमेत रहेका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन् ।

सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ । तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् ।

‘कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भएको छैन ।’ श्रोतले भनेका छ । यस्तै भोलि साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *