प्रचण्डसँगको वार्तापछि बालकोट पुगेका ओलीले भने–‘अढाइ वर्षपछि मात्रै फर्किन्छु’

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अढाइ वर्षपछि मात्रै बालकोट फर्किने बताएका छन् ।

सोमबार (आज) अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि बालकोट हान्निएका प्रधानमन्त्री ओलीले आफ्नै घरमा बसिरहेका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अब कहिले फर्किनुहुन्छ? भन्ने प्रश्नमा अढाइ वर्षपछि मात्रै फर्किने बताएका हुन् ।

पार्टीभित्रको विवादका कारण अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालले दुवै पदबाट राजीनामा मागिरहेका बेला आफ्नो धर्मपत्नी राधिका शाक्यसँगै बालकोट पुगेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

यस्तै प्रधानमन्त्रीले पछिल्लो पार्टी विवादबारे ठट्यौलीसमेत गरेका थिए । बालुवाटारमा प्रचण्डसँग भएको कुरालाई इङ्गित गर्दै ओलीले भनेका थिए, ‘जेरी त मिठो भयो । कुराकानी त उस्तै हो । अब पुनः भोलि हुन्छ ।’

सँगै बाँस्कोटाले थपेका थिए, ‘आज जेरी खानुभएछ । अब भोलि तितेकरेली खुवाउनु, विवाद मिल्छ कि ।’ योभन्दा अगाडि प्रधानमन्त्री ओली माघको बसन्त पञ्चमीको दिन आफ्नो निजी निवास बालकोट पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *