प्रदेश १ मा ५७ जनामा कोरोना पुष्टि, ८ डिस्चार्ज

विराटनगर । प्रदेश नम्बर १ मा (आज) सोमबार ५७ जना कोरोना संक्रमित थपिएका छन् । माेरङमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

माेरङको विराटनगरमा १६ जना पुरुष, ६ जना महिला त्यस्तै रंगेलीमा १३ पुरुष, ९ महिला, कटहरीमा २ महिला, झापाको अर्जुनधारामा ५ पुरुष, विर्तामोडमा १ महिला, सुनसरीको इटहरीमा ३, धरान र इनरुवामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताए । उनका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय २८ पुगेको छ ।

आज नै प्रदेश १ बाट आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ महिला र ५ पुरुष डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय २९ पुगेको डा. मेहेताले जानकारी दिए ।

प्रदेश नम्बर १ मा आज (सोमबार) ९ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १८ महिला ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.मेहताले जानकारी दिए । सामाजिक विकास मन्त्रालयको तथ्याङक अनुसार प्रदेश १ मा हाल सम्म ४५ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *