काठमाडाैंका थप ४३ जनामा काेराेना पुष्टि, भक्तपुर र ललितपुरमा थपिए ८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

आज थपिएका ४१८ संक्रमितमध्ये काठमाडौंका ४३, भक्तपुरका ५ र ललितपुरका ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २० हजार ७५० पुगेकाे छ । प्रवक्ता गाैतमले संक्रमण बढेकाे भन्दै सतर्क रहन पनि नागरिकलाई आग्रह गरेका छन् । ठाउँ अनुसार लकडाउन हुन सक्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *