सिटिजन्स बैंकको ११० औं शाखा मुगुको गमगढीमा

काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्दै मुगुको गमगढीमा ११० औं शाखा सञ्चालनमा ल्याएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले मुगु जिल्लाको गमगढी शाखा संचालनमा ल्याएको हो ।

बैंकले दुर्गम जिल्ला मुगुका जनतालाई अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न शाखा विस्तार गरेको जानकारी दिएको हो ।
उक्त शाखामार्फत बैंकले वित्तीय आवश्यकता पुरा गर्न रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य राखेको बताएको छ ।

सार्थ सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्तिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना ल्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *