जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिका सिल

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ ।

उपमहानगरपालिकाका जनप्रतिनिधिसहित ८ जना कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको हो ।

कोरोना संक्रमित हुनेमा एक जना वडा अध्यक्ष, दुई वडा सचिव, चार जना अधिकृत र कम्प्युटर अपरेटर छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जाकारी दिए।

यसअघि एक वडा अध्यक्ष र कार्यकारी अधिकृतलाई समेत कोराना पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *