चितवनमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

चितवन । चितवन प्रहरिले मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका मोटरसाईकलहरु र चोरीमा संलग्न तीन जनालाई मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले बताए ।

शंकास्पद व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको बिषेश प्रहरी टोलीले चोरीका घटनाहरुमा संलग्न उनिहरुलाइ पक्राउ गर्नुका साथै चोरी भएका ४ थान मोटरसाईकलहरु समेत बरामद गरिएको प्रबक्ता थापाले बताए । पक्राउ परेका व्यक्तिहरुलाई चोरी कसुरमा जिल्ला अदालतबाट आइतबार म्याद थप गरी थप अनसुन्धान कार्य भईरहेको छ ।

प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेहरुमा चितवन ईच्छाकामना गाउपालिका ७ गर्दास बस्ने ३० बर्सिय राम बहादुर गुरूङ, कालिका नगरपालिका ३ सिमलढाप बस्ने २७ बर्सिय योगेश वाईवा, कालिका २ पदमपुर बस्ने २८ बर्सिय सुरज गुरूङ रहेका छन् ।

बरामद मोटरसाईकलहरु ना १३ प.८५३८ नं.को होन्डा मोटरसाईकल (वास्तविक नम्बर ना ४१ प ९६०१), ना ४१ प ९६०१ नं.को मोटरसाईकल , अनटेस्ट मोटरसाईकल (वास्तविक मोटरसाईकल नम्बर प्रदेश ३–०३–००१ प ४६८५), ना ६५ प ४९०७ नं.को मोटरसाईकल (वास्तविक मोटरसाईकल नम्बर स.१० प.१११८) रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *