त्रिवि चिकित्साशास्त्र स्नातक तहको परीक्षा स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानले स्नातक तहको परीक्षा स्थगित गरेको छ । भाद्र ८ गते देखि तय भएको स्नातक तहको परीक्षा स्थगित गरिएको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयले जानकारी दिएको छ ।

कोरोना भाइरस(कोभिड १९) संक्रमणको जोखिम कायम रहेको, कतिपय जिल्लामा निषेधाज्ञा समेत जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थलमार्ग सुचारु नभएकोले गर्दा पूर्व प्रकाशित परीक्षा कार्यतालिका अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको परीक्षा नियन्त्रण माहाशाखाले सूचना जारी गर्दै जानकारी दिएको छ ।

साथै स्थगित गरिएको परीक्षा कार्यतालिका स्थिति सुधार आउनासाथ प्रकाशन गरिने हुँदा परीक्षा तयारीमा रहिरहनसमेत जानकारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *