होम क्वारेन्टाइनमा बसेका ३५ वर्षीय पुरुषको मृत्यु

चितवन । चितवनको खैरहनीमा होम क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । खैरहनी ६ स्थित केसि बोरा उद्योगमा काम गर्न आएका ३५ वर्षीय पुरुषको सोमबारराती मृत्यु भएको हो ।

मृतक सहित ६ जना बारा जिल्लाबाट १३ दिन अघि आएका थिए । उनीहरुलाइ उद्योग नजिकैको भाडाको घरमा राखिएको थियो । इलाका प्रहरी कार्यालय खैरहनी प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरका अनुसार मृतकले छाती दुख्यो भनेर भने पनि कोरोना संग मिल्ने अन्य लक्षण थिएन ।

खैरहनीका मेयर लालमणी चौधरीले कोरोनाको लक्षण नदेखिएको भन्दै मृतकसहित उनीसँगै बसेकाहरुको स्वाब संकलन गर्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *