दक्षिण अफ्रिकामा कोरोनाबाट एक नेपालीको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा कार्यरत एक नेपाली युवकको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । पाँचथर स्थायी घर भएका ३४ वर्षीय युवकको दक्षिण अफ्रिकाको जोहान्सबर्गमा कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाका अनुसार मृतक सर्फ बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरका रुपमा कार्यरत थिए । अफ्रिका महादेशमै कोरोनाबाट पहिलो नेपालीको मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *