क्वारेन्टिनका सुरक्षा गार्डले मट्टीतेल खन्याएर गरे आत्मदाह

काठमाडौं । रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनका सुरक्षा गार्डले मट्टीतेल खन्याएर आगो लगाई आत्मदाह गरेका छन् । देवदह नगरपालिका-७ शित्तलनगरमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षीय विपिन बस्यालले बिहान ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् ।

आगोले जलेर गम्भीर घाइते भएका भएका उनको पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको रुपन्देही प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार शरिरको अधिकांश भाग जलेको कारण उनको उपचारको क्रममा विहान ९ बजे मृत्यु भएकोहो ।

उनी शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनले आफ्नै शरिरमा किन आगो लगाएका हुन् भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *