निजी क्षेत्रलाई माथि उठाउन काम गरिरहेको छुः उद्योग राज्यमन्त्री दुगड (भिडियोसहित)

काठमाडौं । नेपाल सरकारले उद्योगको क्षेत्रलाई माथि उठाउन उद्योगीलाई नै राज्यमन्त्री बनाएको पनि करिब ८ महिना पुगेको छ । सरकारले निजी क्षेत्रमा काम गरेर आएका व्यक्तिलाई नै उद्योग राज्यमन्त्री बनाएपछि निजी क्षेत्रले पनि स्वागत गरेको थियो ।

नियुक्ति पाएलगतै राज्यमन्त्रीले सरकारी उद्योग कलकारखाना तथा संस्थानहरूलाई नाफामा लैजाने काम सुरु गरेका थिए । संस्थानलाई नाफामा लैजान नसक्ने संस्थानका प्रमुखहरुलाई राजीनामा दिएर छोड्न पनि उनले भनिरहेका छन् ।

नेपालमा उद्योग तथा लगानीको अवस्था, चुनौती र सम्भावनाका समस्याहरुलाई हल गर्ने आफ्नो लक्ष्य रहेको दुगडले बताउँदै आएका छन् । उनले हिजोका पुराना सोच र प्रवृत्तिहरूलाई परिवर्तन गरेर उद्योगीहरू आफ्ना समस्या लिएर आए त्यसलाई छलफल र अन्तरक्रियामार्फत् निराकरण छोटो समयमा नै हुने बताए ।

मन्त्रालयमा अहिले छिटो र छरितो काम भइरहेको उनकाे दाबी छ । मुलुकमा बढ्दो वैदेशिक व्यापार घाटा कम गर्न स्वदेशी उत्पादकत्व बढाई निर्यातमूलक उत्पादनलाई प्रवद्र्धन गर्ने उल्लेख गर्दै राज्यमन्त्री दुगडले मकालु खबरसँगकाे कुराकानीमा सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र सञ्चालन गर्नु अपरिहार्य रहेकामा जोड दिए । जडीबुटी, खानी तथा खनिज उत्खननमा जोड दिनुका साथै पर्याप्त मात्रामा विद्युत् उत्पादन गरी निर्यात गरेर व्यापार घाटा कम गर्न प्रयास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

मुलुकको व्यवसाय क्षेत्रमा वैदेशिक लगानी बढाउन नीतिगत सुधार गर्नुपर्ने, एकद्वार प्रणालीबाट सञ्चालन अनुमतिलगायत उद्योग–व्यवसायका आवश्यक सम्पूर्ण कार्य गर्नुपर्ने र सरकाले बहुआयामिक प्रतिफल दिने र सम्भावना भएका कृषि, पर्यटन, वन र खानी र लगायत क्षेत्रमा लगानी वृद्धि गर्न तथा व्यवसाय सञ्चालनका लागि काम गरिसकेको समेत उनले बताए ।

नीजि क्षेत्रबाटै राज्यमन्त्री भएर आएका मोतिलाल दुगडसँग सरकारले कारोनाबाट थलिएको उद्योग क्षत्रलाई उठाउन के गरिरहेको छ ? उद्योग क्षेत्रका समस्याहरु सरकारले कसरी सामाधान गरिरहेको छ ? सरकारले उद्योगका क्षेत्रमा के कस्ता काम गरिरहेको छ ? लगायतका विषयमा मकालु खबरका लागि राजाराम न्यौपानेले गरेको भिडियो कुराकानीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *