मोरङमा एकै परिवारका १४ जनामा संक्रमण पुष्टि, रंगेली बजार बन्द

मोरङ । मोरङमा एकै परिवारका १४ सहित २२ जनामा काेरोना संक्रमण पुष्टि भएसँगै रंगेली बजार बन्द भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार विद्युत प्राधिकरण रंगेली शाखाका पाँच जना र रंगेली अस्पतालका तीन कर्मचारी सहित २२ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको थियो । धेरै संख्यामा संक्रमण देखिएपछि रंगेली नगरपालिकाले एक सूचना जारी गर्दै मंगलबारदेखि रंगेली बजार अनिश्चितकालिन रुपमा बन्द गरेको हो । अर्काे सूचना नआउन्जेलसम्म अस्पताल समेत पूर्ण रुपमा बन्द गरिएको छ ।

रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमबार मध्यराति देखि अर्को सूचना प्रकाशित नहुन्जेल सिल गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमितहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलनको तयारी थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *