अख्तियारका १५ कर्मचारीमा काेराेना संक्रमण पुष्टि

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीहरुमा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मकालु खबरसँगकाे कुराकानीमा यसबारे पुष्टि गरे ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइतबार अख्तियारका १ सय ८२ जनाकाे पीसीआर परीक्षण गरेकाे थियाे । तीमध्ये १५ जनाकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।

प्रवक्ता अधिकारीले भने, ‘संक्रमितहरुलाई अहिले अस्पताल लैजाने तयारी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *