मादमे खोला जलविद्युतको मुख्य लगानीकर्ता एनएमबि बैंक

काठमाडौं । एनएमबि बैंकले कास्की जिल्लाको २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ ।

२४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ४८ करोड रूपैयाँ रहेको छ । ४ अर्ब ४८ करोड मध्ये एनएमबि बैंकहरुको लगानी ३ अर्ब ३२ करोड रूपैयाँको हुनेछ । यो आयोजनासँगै एनएमबि बैंकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

सह वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआईसी एशिया बैंक र प्रभु बैंक रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *