घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयकाे अपिल, यी १४ अस्पतालमा गर्न सकिन्छ परीक्षण

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन सर्वसाधारणमा अपिल गरेको छ । काेराेना भाइरस (काेभिड १९) संक्रमण बढेकाे भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पुरा गर्न, अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन, भीडभाड नगर्न र चाडपर्व घरैमा मनाउन अपिल गरेकाे हाे ।

शंकास्पद संक्रमितहरूकाे खाेजी कार्य पनि तीव्र बनाइएकाे मन्त्रालयले जनाएकाे छ । शंकास्पद संक्रमितहरूकाे सम्पर्कमा आएकाहरूलाई पनि नजिककाे स्वाब संकलन केन्द्रमा बिहान ९ बजेदेखि दिउँसाे १ बजेसम्म गएर स्वाब परिक्षण गर्न आग्रह गरिएको छ ।

यी अस्पतालमा गएर गर्न सकिन्छ स्वाब परीक्षणः

पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, टेकु अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, वीरेन्द्र अस्पताल, प्रसुति गृह, स्टार अस्पताल, ह्याम्स अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल लगायत सम्पूर्ण हब अस्पतालहरू, काेभिड क्लिनक अस्पतलाहरू, काेभिड अस्पताल लेभल १, २, ३ अस्पतालहरूमा गएर स्वाब परीक्षण गर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *