सूर्यदल गणकाे टाेलीले उठायो काेराेना संक्रमित मृतककाे शव, जंगलमा गरियाे अन्त्येष्टि

  • सुजाता लिम्बु

विराटनगर । कोरोना संक्रमणबाट मृत्यु भएका वृद्धको शव सूर्य दल गणबाट खटिएकाे शव व्यवस्थापन टोलीले उठाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका विराटनगर–५ का ७७ वर्षिय वृद्धकाे शव सुर्य दल गणबाट खटिएका नेपाली सेनाका शव व्यवस्थापन टोलीले मंगलबार कोशी अस्पतालबाट उठाएको हो ।

विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा मृत्यु भएको वृद्धको शवलाई मोरङको कानेपोखरी क्षेत्रको जंगलमा अन्त्येष्टि गरिएको सूर्य दल गणका सेनानी उमेश खड्काले जानकारी दिए । सेनानी खड्काको अनुसार जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा शवको अन्त्येष्टि गरिएको हो ।

सोमबार बिहान श्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेशनमा भर्ना भएका विराटनगर– ५ का ७७ वर्षीय वृद्धको सोमबार ३ बजे मृत्यु भएको थियो । अस्पताल पुग्नसाथ कोरोना संक्रमण भएको आशंकामा उनको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । स्वाब परीक्षणको रिपोर्ट आउनु अगाडि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

सेनानी खड्काका भनाई अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव अन्त्यष्टि पश्चात शव व्यवस्थापनमा खटिएका टिमलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *