बन्दाबन्दी लागु गर्न प्रधानमन्त्रीलाई विज्ञको सुझाव, फेरि होला त लकडाउन ?

काठमाडाैं । बालुवाटारमा आज (मंगलबार) भएको छलफलमा सहभागी जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले पुनः लकडाउन गर्नुपर्ने सुझाव राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेकाे बैठकमा विज्ञहरूले यस्ताे सुझाव राखेका हुन् ।

कम्तीमा २ साता लकडाउन नगरे स्थिति थप भयावह हुन सक्ने विज्ञहरूले चेतावनी दिएकाे बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार विज्ञहरूले कर्फ्यूसमेत लगाउन सल्लाह दिएका छन् ।

छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *