कर्णालीमा आज भेटिएनन् कोरोना संक्रमित, १३ जना डिस्चार्ज

काठमाडौं । कर्णाली प्रदेशमा आज कोरोना संक्रमित भेटिएका छैनन् । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा कोरोना संक्रमित पुष्टि नभएको प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो तथ्यांक अनुसार कर्णाली प्रदेशमा १९८ जना मात्र कोरोना संक्रमित छन् । मंगलबार प्रदेशका एक जनापनि कोरोना संक्रमित पुष्टि भएको छैन ।

कर्णाली प्रदेशमा १९४५ कोरोना संक्रमित भएकोमा १७४१ जना संक्रमण मुक्त भइसकेका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार हाल सुर्खेतमा २७ जना, दैलेखमा १२२ जना, जाजरकोट र सल्यानमा ११/११ जना कोरोना संक्रमित छन् । यस्तै कालीकोटमा १२ जना, रुकुम पश्चिममा २ जना र मुगुमा १ जना कोरोना संक्रमित रहेका छन् ।

आज कर्णाली प्रदेशबाट १३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशमा हालसम्म ४१ हजार ८४८ जनाको आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण गरीएको महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *