ओली र प्रचण्डबीच छलफल जारी, खनाल र नेम्वाङ पनि सहभागी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ । करिब आधा घण्टा अघिदेखि बैठक सुरु भएको हो ।

आज (मंगलबार) काे छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । नेकपाकाे पहिलाे दिनकाे स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीकाे राजीनामा मागेपछि त्यसयता बैठक बस्न सकेकाे छैन । प्रम ओलीले बैठक टार्दै आएका छन् ।

प्रधानमन्त्रीकाे पछिल्लाे कार्यशैली र एकल निर्णयबाट अघि बढ्ने शैलीका कारण पनि पार्टीभित्र उनीप्रतिकाे असन्तुष्टि बढिरहेकाे छ । २ अध्यक्षबीच सहमतिकाे टुंगाे नलाग्दा किचलाे राेकिएकाे छैन । पटकपटक भेटवार्ता भएपनि निष्कर्ष ननिस्किएकाे अवस्थामा आजकाे बैठकले निकास निकाल्न सक्ने अनुमान गरिएकाे छ ।

प्रचण्डले यसअघि आजै नेकपा उपाध्यक्ष वामदेव गाैतमसँग पनि भेटवार्ता गरेका थिए । केही दिनअघि वामदेवले प्रधानमन्त्रीकाे पक्ष लिँदै ६ बुँदे प्रस्ताव पार्टीमा पेश गरेपछि उनी ओली निकट हुन पुगेको पार्टीमा विश्लेषण चलिरहेका बेला प्रचण्ड पनि भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *