नेकपा भित्रको विवाद झन् चुलिँदै, आजको छलफल पनि निष्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयबीच बालुवाटारमा भएको आजको छलफल पनि निष्कर्षविहीन भएको छ । आज लगातार तेस्रो दिनको छलफलमा पनि अध्यक्षद्वयबीच कुनै पनि निष्कर्ष निस्कन सनेछ ।

नेकपा अध्यक्षद्वयबीचको असहमतिका कारण पार्टीभित्रको संकट झन् चुलिँदै गएको छ । आज अपरान्ह ५ बजे बसेको अध्यक्ष द्वयबीचको छलफल चर्काचर्कीमै सकिएको स्रोतले बताएको छ ।

बालुवाटारमा करिब एक घण्टा सम्म भएको छलफलमा दुवै अध्यक्षबीच लगानी बोर्डका अध्यक्षको कुरालाई लिएर चर्काकर्कीसम्म भएको स्रोतले जानकारी दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सीइओमा सुशील भट्टलाई नियुक्त गरेको थियो । सोही विषयलाई लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीमाथि खनिएको स्रोतको दाबी छ ।

एक नेताका अुनसार बालुवाटार छलफलमा भट्टलाई सीईओ बनाएको विषय गम्भीर रूपले उठाइएको र उप्रान्त यस्तो नियुक्ति गर्दा पार्टीको परामर्शबिना, छलफलबिना, स्वीकृतीबिना नगर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको छ । उक्त विषयमा प्रधानमन्त्रीले भने कुनै पनि प्रतिवाद नगरेको स्रोतले बताएको छ ।

यस्तै विषयमा चर्काचर्की हुँदा आजको बैठक पनि निष्कर्षमा पुग्‍न नसकेको बताइएको छ ।

त्यस्तै प्रचण्ड र खनालले आजको छलफलमा स्थायी कमिटीको बैठकको मिति तोक्न पनि माग गरेको बताइएको छ ।
तर प्रधानमन्त्रीले भने सचिवालयकै अडान लिएका थिए । बैठक जारी राख्ने गरी आजको छलफल टुंगिएको छ । छलफलमा ओली, प्रचण्ड, खनाल र सुवास नेम्वाङ सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *