यसवर्ष लाखे नाचको रौनक शूून्य !

विराटनगर । सधैँ जनै पूर्णीमाको दिनदेखि लाखे नाचको रौनक देखिने विराटनगरको बजार शून्य छ ।

जनै पूर्णीमा को दिन नेवार समुदायले विराटनगरस्थित बंगलामुखी मन्दिरमा पुजा अर्चना गरी लाखेको जन्म गराई प्रत्येक चोक, टोलमा नचाउने गरे पनि हाल कोरोना भाइरस कोभिड-१९ रोकथाम तथा न्यूनिकरणका लागि स्थानिय सरकारले लकडाउनको आह्वान गरेसँगै चोक बजारमा लाखे नाचको रौनक शुन्य भएको हो ।

विशेष नेवार समुदायको मौलिक, धार्मिक आस्था बोकेको लाखे नाचपछिल्लो समय अन्य समुदायमा पनि लाखे नाचको आर्कषण बढेको छ । विराटनगर-११ जनपथ टोलका १६ वर्षीय कृशल आले वर्षेनी लाखे नाच नाच्ने गरेको बताउछन् । नेवार समुदायका साथीहरुसँग मिलेर वर्षेनी टोल-टोलनमा लाखे नाच निकाल्ने गरेको भए पनि हाल विश्वव्यापी महामारीको कारण जनैपूर्णिमामा एक दिन बंगलामुखी मन्दिरमा सामुहिक पुजा अर्चना गरेर लाखे नाचेको उनले बताए ।

उनको भनाई अनुसार जनपथ टोल, ट्राफिक चोक, भानु टोल, तीन टोलिया लगायतबाट पराम्परागत अनुसार लाखेको मुकुटलाई पुजा अर्चना गरी बङगलामुखी मन्दिर परिसरमा मात्रै लाखे नाचेर पुस्तादेखि चलिआएको संस्कृति नेवार समुदायले संरक्षण गरेका छन् ।

विराटनगरस्थित भानु टोलका ज्योती श्रेष्ठको अनुसार लाखे नाच नेवार समुदायको धार्मिक आस्था बोकेको एउटा महत्वपूर्ण नृत्य साथै पर्व हो । लाखे नाचले घर, समाजमा सुख शान्ति, समृद्धि ल्याउने, विविध घटनाहरुबाट रक्षा गर्ने धार्मिक आस्था रहेको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *