अस्पताल नपुर्याउँदै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि
मकालु खबर
२०७७ साउन २१ गते
काठमाडौं । अस्पताल नपुर्याउँदै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जमा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएकी ती युवतीमा कोरोना देखिएको हो ।
पर्साको पोखरिया नगरपालिका–९ की युवतीलाई सोमबार पटकपटक बान्ता भएपछि अस्पताल लगिएको थियो । तर अस्पताल ल्याइपुर्याउँदासम्म उनको मृत्यु भइसकेको चिकित्सकले बताएका थिए ।
नारायणी अस्पतालको प्रयोगशालमा मंगलबार राति गरिएको परीक्षणमा उनको स्वाब नमुनामा कोरोना पोजिटिभ देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए ।
साउनयता पर्सामा १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । संक्रमण तीब्र गतिमा बढ्न थालेपछि विगत एक सातादेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
मकालु खबर
२०७७ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित