सुनको मूल्य प्रतितोला १ लाख रुपियाँ नाघ्यो, आज एकैदिन १६ सयले बृद्धि
मकालु खबर
२०७७ साउन २१ गते
काठमाडौँ । पछिल्ला दिनहरुमा सुनचाँदीको मूल्य लगातार बृद्धि भइरहेको छ । आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपियाँ बढेर कारोबार भइरहेको छ । चाँदी पनि आज प्रतितोला ६५ रुपियाँ बढेर किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ९५ रुपियाँमा कारोबार भइरहेको छ ।
हिजो छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९९ हजार ३ सय ७५ रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपियाँमा कारोबार भइरहेको भएको थियो ।
मकालु खबर
२०७७ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित