कपिलवस्तुमा अत्याधुनिक पार्क निर्माण गर्दै किरण साखः, जिपलाइन देखि प्लेनसम्म

काठमाडौं । कपिलवस्तुको गोरुसिंगेमा आधुनिक पार्क सञ्चालनमा आउने भएको छ । ५४ करोडको लगानीमा कृषि र पर्यटन सहितको पार्क उद्याेगी व्यवसायी किरण साखःले सञ्चालनमा ल्याउने भएका हुन । २१ बिगाहा क्षेत्रफलमा पार्क निमार्ण भइरहेको छ । आन्तरिक पर्यटकलाइ आकर्षित गर्ने लक्ष्यका साथ साखःले पार्क सञ्चालनमा ल्याउन लागेका हुन् ।

कोरोनाको कारणले सबै क्षेत्र समस्यामा परेको बेला साखःले भने ठूलो लगानीमा पार्क सञ्चालनमा ल्याउन लागेका हुन् । “मैले अहिले ठिक ठाउँमा लगानी गरेको छु ।” साखले भने, ‘यसले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ठूलाे सहयोग गर्नेछ ।’

साखःले धेरैवटा व्यवसायमा लगानी गरेका छन् । किरण साखः साखः स्टीलका डाइरेक्टरसमेत हुन् ।

किरण साखः, दिनेश सिवाकोटी, मनोज सिवाकोटी र अबि लामाको संयुक्त लगानीमा कपिलवस्तु गोरुसिंगे आधुनिक पार्क सञ्चालनमा आउन लागेको हो । दिनेश सिवाकोटी, मनोज सिवाकोटीको ह्यापील्याड पार्क र किरण साखःको नेचुरल एग्रिकल्चर फर्म मर्ज भएर आधुनिक पार्क बन्दैछ ।

प्रतिकात्मक तस्विर

नेपाली बजारलाई सुहाउँदो शुल्क लिएर पार्क सञ्चालन हुने सञ्चालक किरण साखःले बताए । टिकटको शुल्क १ सय रुपैयाँ मात्रै हुने छ । त्यही १ सय शुल्कमा पार्कभित्र भएका सबै सेवाहरु प्रयोग गर्न सकिने छ ।

पार्कमा चिडियाखाना, हेर्नका लागि प्लेन, जिपलाई, रोटेपिङ, गार्डेन, डान्स, सितलका लागि चारै तिरबाट कुलर र कोल्मबस लगायतको मज्जा लिन सकिन्छ ।

काठमाडौंमा आएर चिडियाखाना र प्लेन हेर्न नपाएकाहरुले सोही पार्कमा चिडियाखाना र प्लेनको अवलोकन गर्न पाउनेछन् । सबै नेपाली डान्सबार गएर डान्स हेर्न सकेका हुँदैनन् । यो पार्कमा एउटा टोलीले डान्सको मज्जा पनि दिनेछ ।

पछिल्लो समय मनोरञ्जनका लागि लोकप्रिय रहेको जिपलाइन पनि प्रयोग गर्न सकिने छ । कपिलवस्तु गर्मि छल्नका लागि पार्कभित्र कुलरको प्रयोग गरेर शितलता प्रदान गरिने छ ।

पार्कमा मनमोहक गार्डेनकाे पनि व्यवस्था हुनेछ । सबैभन्दा आकर्षण र फोटो खिच्नका लागि ठूलो पार्कको पनि व्यवस्था रहेको छ । पार्कमा नेपालीहरुले खर्च गर्ने सक्ने गरि ६० देखि ७० रुपैयाँको मात्रै मेनु राखिने छ । पार्कभित्र आफैँले निकालेको माछा र  मन लागे आफैँले खाना बनाएर खाना खाने व्यवस्था पनि हुनेछ । पार्कमा सेमिनार हलको पनि राम्रो व्यवस्था हुने छ ।

पार्कमा माछाका लागि पोखरी, कृषि उत्पादन पनि हुनेछ । भने एग्रिकल्चर फार्म भित्र एकै स्थानमा अर्गानिक कृषि उत्पादनको प्रयोग गर्न सकिने छ । स्वदेशी अर्गानिक उत्पादन खाेज्नेहरूका लागि याे  पार्क उत्कृष्ठ गन्तब्य हुने बताइएकाे छ ।

सोही स्थानमा कृषि पर्यटनलाई लक्षित गरेर स्वीमिङ पुलसहितको होटल तथा रेस्टुराँ सञ्चालनमा आउने साखःले जानकारी दिए । ११ ओटा पोखरीमा मत्स्यपालन हुनेछ । साथमा बाख्रा र स्थानीय जातका कुखुरा पालन हुनेछ । त्यहाँ गएर बस्नेहरुले त्यहीँ पार्कमा उत्पादन भएको माछा, मासु, सागसब्जी प्रयोग गर्न सक्ने छन् ।

पहिले भेज होटल तथा रेस्टुराँ सञ्चालन भएकोमा अब भने नन्भेज होटल तथा रेस्टुराँ पनि सञ्चालनमा आउने छन् ।

पार्क सञ्चालनका लागि साखःले प्रदेश सरकारसँग छलफल गरिरहेको बताए । स्वास्थ्यको मापदण्ड पूरा गरेर पार्क सञ्चालन गर्नका लागि छलफल भइरहेको र सरकारले अनुमति दिनसाथ पार्क सञ्चालनमा आउने छ । प्रदेश सरकारले सञ्चालनको लागि आनाकानी गरेमा सिधै संघीय सरकारबाट नै अनुमती लिएर पार्क सञ्चालन गर्ने साखःकाे भनाइ छ ।

‘आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी मुलुकको पर्यटन क्षेत्र र कृषि क्षेत्रको विकास एकै पटक गर्न नयाँ अवधारणा सहित ल्याइएको पार्क सञ्चालनमा प्रदेश सरकारले सहजीकरण गर्छ भन्ने छ । यद्यपि, प्रदेश सरकारबाट अनुमति नपाए केन्द्र सरकारसँग समन्वय गरेर भएपनि पार्क सञ्चालनमा ल्याउँछौं ।’ साखःले भने ।

कपिलवस्तु गोरुसिंगेपछि साखःको समूहले सुरुङगामा पनि अत्याधुनिक पार्क खोल्ने बताएको छ । गोरुसिंगेमा पार्क सञ्चालनमा आएपछि सुरुङ्गामा पार्क निर्माण सुरु हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *