‘लेबनानको विस्फोटमा नेपालीको क्षतिबारे जानकारी आएको छैन’
मकालु खबर
२०७७ साउन २१ गते
काठमाडौं । मंगलबार साँझ लेवनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा नोपलीहरु परेनपरे बारेमा कुनै जानकारी आइनसकेको लेबनानस्थित अवैतनिक वाणिज्यदूतले जनाएका छन् ।
विस्फोटको पूर्ण विवरण तथा राष्ट्रियताका आधारमा मानवीय क्षतिको विवरण नखुलाइएकाले नेपालीहरु छन् वा छैनन् भन्ने सम्बन्धमा स्पष्ट नभएको अवैतनिक वाणिज्यदूत मोहम्मद गौज्यलले बताए ।
वाणिज्यदूत गौज्यलले भनेका छन्, ‘हाम्रो जानकारीमा आएअनुसार विस्फोट भएको बन्दरगाहमा कुनै पनि नेपाली कार्यरत छैनन ।’ यस सम्बन्धमा थप विवरण आएपछि जानकारी गराउने उनले बताए ।
बेरुतमा निकै शक्तिशाली विष्फोट भएको थियो । बेरुतको तटीय क्षेत्रस्थित विस्फोटक पदार्थ राखिएको गोदाममा भीषण विस्फोट हुँदा कम्तिमा पनि ७० जनाको मृत्यु हुनाको साथै ४ हजारभन्दा बढी घाइते भएका छन् ।
मकालु खबर
२०७७ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित