‘म कुनै पनि गुटमा लाग्दिनँ’

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष उपाध्यक्ष बामदेव गौतमले आफू कुनै गुटमा नलाग्ने बताएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डसँगको भेटमा उनले यस्तो बताएका हुन् । ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ उपाध्यक्ष गौतमलाई उदृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए ।

यससँगै, गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नरहेर पार्टी एकताप्रति दृढ रहेको पनि प्रष्ट पारे ।
साउनको १३ गते गौतमले पार्टी विग्रहलाई रोक्न दुई अध्यक्षसमक्ष ६ बुँदै प्रस्ताव राखेका थिए ।

प्रस्तावपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली गौतमनिवास भैंसेपाटी परिवारसहित पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *