सर्लाहीका नेकपा अध्यक्षलाई कोरोना संक्रमण
मकालु खबर
२०७७ साउन २१ गते
काठमाडौं । नेकपा सर्लाहरी जिल्ला अध्यक्ष अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण देखिएको छ ।
उनले बुधबार विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।
हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अवस्था सामान्य रहेको उल्लेख गरेका छन् ।
‘३र४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो । शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पीसीआर टेस्ट् कोभिड पोजेटिभ देखियो ।’ उनको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै उनले आफूले कामको सिलसिलामा केही भेटघाट र छलफल गरेको भन्दै नजिकबाट आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत हुन र परीक्षण गराउन सुझाव दिएकाछन् ।
मकालु खबर
२०७७ साउन २१ गते
प्रतिक्रिया
सम्बन्धित