फेसबुकले डिलेट गर्याे राष्ट्रपति ट्रम्पको पोस्ट, के लेखेका थिए ?

काठमाडौं । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलेट गरेको छ ।

कोरोना भाइरसबारे ट्रम्पले पोष्ट गरेको स्टाटस फेसबुकले पहिलो पटक डिलेट गरेको हो । ट्रम्पले गलत सूचना सेयर गरेर नियम उल्लंघन गरेको फेसबुक कम्पनीको आरोप छ ।

ट्रम्पले पोष्टसँगै फक्स न्युजलाई दिएको इन्टरभ्युको क्लिप पनि सेयर गरेका थिए, जसमा उनले बच्चाहरु कोभिड १९ बाट मुक्त रहेको तथा उनीहरुको राेग प्रतिरक्षा क्षमता बढी रहेको दाबी गरेका थिए ।

यसैलाई लिएर फेसबुकका प्रवक्ताले भनेका छन्– ‘यस भिडियोमा कोभिड १९ बारे गलत दाबी गरिएको छ जुन हाम्रो नीति विपरित छ । हामी कोरोनाको संक्रमणबारे गलत जानकारी फैलाउने विरुद्ध छौँ ।’ यस घटनाबारे ह्वाइट हाउसबाट कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *