सुनको मूल्य आज पनि बढ्यो, प्रतितोला ११ सय रुपियाँले वृद्धि
मकालु खबर
२०७७ साउन २२ गते
काठमाडौँ । पछिल्लो दिनहरुमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आजपनि सुनको मूल्य प्रतितोला ११ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपियाँ बढेको छ । हिजो पनि अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला ६५ रुपियाँ बढेको थियो ।
छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपियाँ र चाँदी प्रतितोला एक हजार ३ सय ४५ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने छापावाल सुन प्रतितोला १ लाख १ हजार ४ सय रुपियाँ, तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपियाँ र चाँदी प्रतितोला एक हजार २ सय ९५ रुपियाँमा कारोबार भएको थियो ।
मकालु खबर
२०७७ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित