कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु
मकालु खबर
२०७७ साउन २२ गते
नयाँ दिल्ली । भारतकाे अहमदावादस्थित कोरोना विशेष श्रेय अस्पतालमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको छ ।
विद्युत सट सर्किटका कारण बिहीबार बिहान करिब २ बजेतिर भएकाे आगलागी परि मृत्यु भएकामध्ये तीन जना महिला रहेकाे बीबीसी हिन्दीले जनाएकाे छ । करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको थियाे ।
आगलागीपछि सो अस्पतालमा रहेका ४० जना संक्रमितलाई नजिकैको अर्को अस्पतालमा सारिएको छ । आगो नियन्त्रणमा खटिएका सबै अग्निनियन्त्रकलाई क्वारेन्टिनमा राखिएको छ ।
मकालु खबर
२०७७ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित