प्रचण्ड र नेम्वाङबीच भेटवार्ता- ‘के भयो कुराकानी ?’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङबीच भेटवार्ता भएको छ ।

दुई नेताहरुबीच बिहीबार (आज) बिहान करिब आधाघण्टाभन्दा बढी भेटवार्ता भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक ष्णिु सापकोटाले जानकारी दिए ।

नेकपा अध्यक्षद्वयबीचको सम्वाद नै अनिश्चित बनेको र ओलीनिकटका नेम्वाङले प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण हेरिएको छ ।
प्रचण्ड–नेपाल समूहले हिजो राजधानीमा आयोजित एक कार्यक्रममा नेकपाभित्रको लडाइँ पद र प्रतिष्ठाको नभई विधि र पद्धतिको भएको निष्कर्ष निकालेको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीचको बैठक बुधबार स्थगित भए पनि बिहीबार (आज) बिहान बस्ने बताएका थिए ।

यद्यपि यो समाचार तयार पार्दासम्म पनि उनीहरुबीचको भेटघाटको समय तय भइसकेको छैन । गत १० असारदेखि बसेको नेकपा स्थायी समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सरकार र पार्टीको कामकारबाही सन्तोषजनक नभएको भन्दै ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने बताएपछि विवाद उत्कर्षमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *