देशभर ३१९ प्रहरीमा कोरोना संक्रमणः ११९ जना डिस्चार्ज, २ सयकाे उपचार जारी
मकालु खबर
२०७७ साउन २२ गते
काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण बढ्न थालेको छ ।
पछिल्लाे अपडेट अनुसार देशका विभिन्न स्थानमा गरी कुल ३१९ जना प्रहरीमा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयमा मात्रै ८५ प्रहरीमा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये हालसम्म ११९ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । २ सय जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
देशभर काेराेना संक्रमितकाे संख्या २१ हजार ३९० रहेकाे छ । संक्रमितमध्ये १५ हजार १५६ जना उपचारपछि निकाे भइसकेका छन् । हालसम्म ६० जनाकाे मृत्यु भइसकेकाे छ ।
मकालु खबर
२०७७ साउन २२ गते
प्रतिक्रिया
सम्बन्धित