धरान: समुदायमा संक्रमण फैलिएको आशंका, दिन-रात खटिदैं स्वास्थ्यकर्मी

धरान । सुनसरीको धरानमा समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएको आशंकामा साउन २० गतेदेखि समुदाय स्तरमा पिसिआर जाँच गर्ने क्रम जारी रहेको छ । धरानको सबै वडा उच्च जोखिम क्षेत्रमा परेकोले ५ सय जनाको स्वाब परीक्षण गर्ने लक्ष्य धरानका स्वास्थ्य महाशाखाले लिइएको छ ।

तर, संक्रमित संख्या बढ्दै गएको र कन्ट्याक ट्रेसिङबाट संख्या पनि थपिदै जाँदा स्वास्थ्यकर्मीलाई परिक्षण्मा चुनौती थपिनुका साथै रात दिन खटनुपर्ने बाध्यता समेत रहेको छ । यस्तो बाध्यतालाई धरानवासीले नबुझिदिएको स्वास्थ्य कर्मी लगायतका व्यक्तिहरुको गुनासो पनि छ । यदि धरानमा जनताले नै सबै कुरा बुझिदिएको भए यतिका युद्ध स्तरमा कोरोना फैलिने नै थिएन ।विहिबारसम्म धरानमा ६६० जना संक्रमित पुगेका छन् । त्यसैले स्वास्थ्यको टोली दिउसो मात्र होइन, राती पनि स्वाब संकलनमा खटिएका धरान मेडिकल बिद्यार्थी समुहका अगुवा शशांक ताम्राकारले जानकरी दिए । स्वास्थ्यको टोलीलाई स्वाब संकलनको लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोवायोलोजी विभागका माइक्रोवायोलोजिष्टहरुले समेत साथ दिएको उनको भनाई छ ।दिनरात खटिएको यो टोलीलाई धरानका जनप्रतिनिधिहरुले प्रशंसा गरिरहेको भएपनि सर्बसाधारणहरुले तिनीहरुका समस्या भने बुझेको देखिदैन । स्वास्थ्यकर्मीहरु ‘दिनरात नभनी धरानका जनताको कोरोना परीक्षण गर्न खटिरहेका धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका कर्मचारी लगायतकाले आफुलाई जोखिममा राखेर भएपनि स्वाब संकलनको कार्य गरिहेका छन् ।जहाँ स्वास्थ्य क्षेत्रका अगुवाहरुको उपस्थितीमा स्वाब संकलनमा हात्तिसारबाट माइक्रोबायोलोजिष्ट आशिष प्रधान, मोजेस चौधरी र आकृति गुरुङ खटिएका छन् । धरानमा बिहिबार मात्रै २३३ जनाको स्वाब संकलन गरिएको छ । ती मध्ये ४२ जना धरानको कोरोना ‘हटस्पट’ रहेको धरान ८ तीनकुनेमा रहेको औद्योगिक क्षेत्रको प्रिति भल्वका कर्मचारीहरुको लिइएको थियो ।त्यस्तै दिनभर धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा स्वाब संकलन गरेको टोलीले राती करिब ८ बजेसम्म प्रिति भल्भमा पनि स्वाब संकलन गरेको स्वास्थ्य महाशाखा धरान उपमहानगरपालिकाका प्रमुख उमेश मेहताले जानकारी दिए ।तस्बिर : शशांक ताम्राकार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *