सुनको मुल्य प्रतितोला एक हजारले बढ्यो, कति पुग्यो आज ? (मूल्यसहित)

काठमाडौं । दिनहुँ उकालो लागेको सुनको मूल्य आज (शुक्रबार) पनि बढेको छ । आज तोलामा एक हजारले सुनको मूल्यमा वृद्धि भएको हो ।

बिहीबार प्रतितोला एक लाख २ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजारले बढेर एक लाख ३ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख ३ हजार छ । तेजावी सुन बिहीबार एक लाख २ हजारमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ । बिहीबार एक हजार ३४५ मा कारोबार भएको चाँदीको मूल्य आज ६० रुपैयाँले बढेर एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *