‘सहमति विना प्रधानमन्त्रीको राजीनामा आउँदैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सहमति विना प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नआउने बताएका छन् ।

अर्घाखाँचीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका नेता रायमाझीले आलो-पालो प्रधानमन्त्री बन्ने पहिलेको सहमति भए पनि सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै गरेको प्रस्ताव सर्व–सहमतिले पारित भएकले यसै सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताएका हुन् ।

यस्तै उनले सीमा विवाद र कोरोना महामारी नियन्त्रण गर्नुपर्नेमा नेताहरु पदीय भुमरीमा फसेको टिप्पणीसमेत गरे । पार्टीको अन्तर-विरोधभन्दा कोरोना नियन्त्रणमा सरकारको ध्यान जान जरुरी रहेको पनि नेता रायमाझीले स्मरण गराए ।

पाटी फुटे कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराई हेरे मात्रै पनि पुग्ने भन्दै उनले व्यक्तिभन्दा संगठन र पार्टी ठूलो भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *