राष्ट्रिय सभाका चारवटै समितिका सभापति निर्विरोध निर्वाचित
मकालु खबर
२०७७ साउन २३ गते
काठमाडौं । राष्ट्रिय सभाको चारवटै विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् ।
बिहीवार भएको उम्मेदवारी मनोनयनमा चारै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएको घोषणा शुक्रबार (आज) गरिएको हो ।
दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) निर्वाचित भएका हुन् ।
चारै सभापति यसअघिकै दोहोरिएका हुन् । बिडारी, रावल र गुरुङ नेकपा तथा भट्ट कांग्रेसबाट प्रतिनिधित्व गर्छन् ।
मकालु खबर
२०७७ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित