थप ७ हजार आइसोलेसन बेडकाे व्यवस्था गर्न ७ वटा प्रदेशलाई ३८ करोड रकम निकासा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल बाहेक आइसोलेसन केन्द्रहरुमा थप ७ हजार बेडहरुको व्यवस्था गर्न ७ वटै प्रदेशलाई ३८ करोड रकम निकासा गरिएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारकाे प्रेस ब्रिफिङका क्रममा दुई महिना अगाडी नै ३८ करोड रकम निकास गरिएको जानकारी दिएका हुन् । उनका अनुसार प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ लाई ७/७ करोड, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई ६/६ करोड, र बागमती, गण्डकी र प्रदेश १ लाई ४/४ करोड प्रदेशगत वितरण गरिएको छ ।

२५ हब अस्पताल र २० शिक्षण अस्पतालहरुले विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सक्ने टिमहरु गठन गरी तयारी अवस्थामा राखिएको छ । आवश्यकता अनुसार परिचालन भइरहेको प्रवक्ता गाैतमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *